अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०५ | Colorodo: 05:20

परराष्ट्रमन्त्री खड्का र युरोपेली सांसदको टोलीबीच भेटवार्ता

बिआरटीनेपाल २०७९ असोज ७ गते ५:३७ मा प्रकाशित

नेपाल भ्रमणमा रहेको युरोपेली सांसदको टोलीले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शुक्रबार भेटवार्ता गरेको छ । युरोपेली संसदकी उपाध्यक्ष इभलिन रेग्नरको नेतृत्वको भ्रमण टोलीले बिहान परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता गरेको हो ।भेटवार्तामा नेपाल र युरोपेली युनियनबीच पर्यावरण, जलवायु परिवर्तन, नवीकरणीय ऊर्जा, लगानी र विकासशील मुलुकमा स्तरोन्नति हुन नेपालले गरेको तयारीलगायत दुई पक्षबीच जारी सहकार्यका विषयमा छलफल भएको थियो ।

परराष्ट्र मन्त्रालयका अनुसार यस क्रममा महामारीपछि पर्यटन क्षेत्रको पुनस्र्थापना र नागरिक उड्डयनलगायत विषयमा पनि कुराकानी भएको थियो । नेपाली जहाजलाई युरोपेली आकाशमा प्रतिबन्ध लागेको ८ वर्ष बितिसकेको छ ।

नेपालले प्रतिबन्ध हटाउन आग्रह गरिरहेको भए पनि युरोपेली युनियनले सकारात्मक जवाफ दिएको छैन । नेपाल भ्रमणका लागि बिहीबार काठमाडौं आइपुगेको युरोपेली संसदीय टोलीले आएको दिन नेकपा एमालेका उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू