अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२७ | Colorodo: 20:42

‘राष्ट्रपतिलाई संविधानको दायराबाहिर जाने छुट छैन’-उपराष्ट्रपति पुन

बिआरटीनेपाल २०७९ असोज ५ गते ६:४४ मा प्रकाशित

उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रपतिको पछिल्लो कदममाथि गम्भीर प्रश्न उठाउनुभएको छ । उहाँले वक्तव्य जारी गर्दै संविधानको दायराभन्दा बाहिर जाने छुट कसैलाई नरहेको धारणा व्यक्त गर्नुभएको हो ।राष्ट्रपति विद्यादेवी भण्डारीबाट नागरिकता विधेयक प्रमाणित नगरेपछि उपराष्ट्रपति पुनको यस्तो प्रतिक्रिया आएको हो। विज्ञप्तिमा भनिएको छ, ‘संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायराभन्दा बाहिर जाने छुट छैन।’ पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी बृहत् जनआवाज उठ्ने परिस्थितिको सिर्जना हुनुलाई उपराष्ट्रपतिले ज्यादै दुःखद पक्ष भन्नुभएको छ ।

२९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फर्काएको नागरिक विधेयक प्रतिनिधिसभा र राष्ट्रयसभाले हुबहु पास गरेको थियो । २० भदौमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउनुभएको थियो । संविधानको व्यवस्थाअनुसार यो विधेयक ४ असोज मध्यरातसम्म प्रमाणीकरण गरिसक्नुपर्ने थियो, तर राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्नुभएन,जसलाई संविधानको धारा ११३ (४) को गम्भीर उल्लंघन मानिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू