अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०९ | Colorodo: 20:24

स्वतन्त्र न्यायालयलाई विवादमा मुछ्ने काम भयो : अध्यक्ष तिमिल्सिना

बिआरटीनेपाल २०७९ असोज ४ गते ६:५४ मा प्रकाशित

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वतन्त्र न्यायालयलाई विवादमा मुछ्ने काम भएको बताउनुभएको छ ।जिल्ला समन्वय समिति पर्वतको नवनिर्मित भवनको मंगलबार उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव समयमै टुंगो नलगाएर सिंगो न्यायलयको गरिमा घटाउने काम भएको बताउनुभयो ।

उहाँले दलहरुकै कारण न्यायलय विवादमा आएको भन्दै यो लोकतन्त्रका लागि नराम्रो पक्ष भएको बताउनुभयो । अध्यक्ष तिमिल्सिनाले संसदको कार्यकालका विषयमा दलहरुबीचको विवादले नागरिकमा नकारात्मक सन्देश गएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू