अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५५ | Colorodo: 19:10

माओवादी अध्यक्ष प्रचण्डसँगको छलफलपछि प्रधानमन्त्री देउवा राष्ट्रपति निवासमा

बिआरटीनेपाल २०७९ असोज ३ गते ७:०१ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जानुभएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न जानुअघि प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्नुभएको थियो ।

प्रधानमन्त्री देउवाले नागरिक विधेयकको विषयमा छलफल गर्ने बालुवाटार स्रोतले जनाएको छ । संसद्ले नागरिकता विधेयक दोस्रो पटक पनि पारित गरेको प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाएको १४ दिन भइसकेको छ ।

दुवै सदनको बहुमतले पारित गरेको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले सुझावसहित संसदमा फिर्ता पठाउनुभएको थियो । तर सत्तारुढ गठबन्धनले पहिल्यै विधेयक जस्ताको त्यस्तै पारित गरेपछि राष्ट्रपति भण्डारी असन्तुष्ट हुनुहुन्छ । । कतिपयले राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण नगर्ने अनुरोध गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू