अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३१ | Colorodo: 07:46

राष्ट्रपति भण्डारीद्वारा ६ वटा विधेयक प्रमाणीकरण

बिआरटीनेपाल २०७९ भदौ २९ गते ७:३७ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न विषयका छ वटा विधेयक प्रमाणीकरण गर्नु भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयले पठाएको पत्र पढेर सुनाउँदै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति भण्डारीले खानेपानी तथा सरसफाई ऐन, २०७९,  तथ्यांकसम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, स्ट्यान्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ व्यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नु भएको बताउनु भएको हो ।

संघीय संसदको दुवै सदनबाट पारित भई राष्ट्रपति भण्डारी समक्ष पठाइएका ती विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयले पठाएको पत्रमा उल्लेख गरिएको पनि सभामुख सापकोटाले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू