अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५८ | Colorodo: 12:13

महारानी एलिजावेथको शव बकिंघम दरबारमा राखियाे

बिआरटीनेपाल २०७९ भदौ २९ गते ७:३२ मा प्रकाशित

बेलायतकी महारानी एलिजावेथको शव बकिंघम दरबारमा राखिएकाे छ । महारानी एलिजाको शवलाई राजा चाल्र्स र शाही परिवारले ग्रहण गरी बकिंघम दरबारमा राखिएको हाे । शव दरबारमा ल्याउँदा सडक वरिपरि दशौं हजार मानिसको भीड लागेको थियो । बुधबार शव वेस्टमिन्स्टर हलमा लगिने छ । साथै आगामी सोमबार हुने अन्त्येष्टिसम्म त्यहीं राखिने जनाइएकाे छ ।

अन्त्येष्टि अगाडी बेलायती जनतालाई शवको अन्तिम दर्शन गर्न दिइने भएकाे छ । अन्त्येष्टिका लागि विश्वभरबाट मानिसहरु बेलायत पुग्ने क्रम जारी छ । विश्वका ५ सय नेताहरु सहभागी हुने अनुमान गरिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन पनि महारानी एलिजाकाे अन्त्यष्टिमा सहभागी हुनुहुने भएकाे छ । रुस, बेलारुस, र म्यानमारका नेताहरुलाई भने निम्ता दिईएको छैन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू