अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४५ | Colorodo: 09:00

रुसले विदेशी नेताहरुलाई प्रभावित पार्न ३० करोड अमेरिकी डलरभन्दा बढी रकम खर्च गरेको अमेरिकाको आरोप

बिआरटीनेपाल २०७९ भदौ २९ गते ७:१६ मा प्रकाशित

रुसले विदेशी नेताहरुलाई प्रभावित पार्नको लागि ३० करोड अमेरिकी डलरभन्दा बढी रकम खर्च गरेको अमेरिकाले आरोप लगाएको छ । रुसले सन् २०१४ देखि विश्वका २४ वटा  देशमा राजनीतिक नेताहरूलाई प्रभावित पार्न गोप्य रूपमा ३० करोड अमेरिकी डलरभन्दा बढी रकम खर्च गरेको अमेरिकी गुप्तचर निकायको प्रतिवेदनलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयले रुसको यो काम एउटा ठूलो योजनाको सानो झलक भएको हुनसक्ने बताएको छ । यसबारेमा रुसले कुनै सार्वजनिक प्रतिक्रिया दिइसकेको छैन । अमेरिकाले कुनै देश तथा व्यक्तिको नाम उल्लेख नगरी चारवटा महादेशका २४ वटा देशमा त्यस्तो अदृष्य लगानी पुगेको बताएको छ । यस्तो लगानी धेरैजसो चुनावलाई प्रभावित पार्न प्रयोग भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू