अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५६ | Colorodo: 03:11

महारानी एलिजावेथको अन्त्येष्टिका लागि विश्वभरका मानिस बेलायतमा पुग्ने क्रम जारी

बिआरटीनेपाल २०७९ भदौ २८ गते ६:३१ मा प्रकाशित

बेलायती महारानी एलिजावेथको अन्त्येष्टिका लागि विश्वभरबाट मानिसहरू बेलायतमा पुग्ने क्रम जारी रहेको छ ।विश्वका पाँच सय नेताहरू सहभागी हुने अन्त्येष्टिका लागि हेलिकोप्टर प्रयोगमा समेत रोक लगाईएको हो । अन्तिम संस्कारमा सहभागी हुने सबै नेता र उनीहरूका पत्नीहरूलाई हेलिकोप्टर प्रयोग गर्न नदिइने भएको हो ।

सेष्टेम्बर १९ अर्थात असोज ३ गते सोमबार हुन लागेको अन्त्येष्टिका लागि बेलायत जाने विश्वका नेताहरूको सुरक्षाका लागि सबै प्रबन्ध मिलाइएको छ । समारोहमा सहभागी हुने नेताहरूलाई निर्धारण गरिएको समयमा पुग्न अपील गरिएको छ ।

महारानीको शव बुधबार वेष्ट मिन्स्टर ल्याइने भएको छ । साथै स्थानीय समय अनुसार बिहान साढे ६ बजेसम्म वेष्ट मिन्स्टर राखिने भएको छ । अन्त्येष्टिका लागि ३० घण्टा अघिदेखि मानिसहरू लाइनमा बसिसकेका हुने छन् । अन्त्येष्टि अवधिभर मोबाइल फोन अफ गर्नुपर्ने छ । साथै भने कुनै पनि पेय पदार्थ लैजान नपाइने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू