अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१० | Colorodo: 00:25

ग्याङ्स्टर लरेन्सको सलमान खानलाई मार्ने ४ योजना असफल

बिआरटीनेपाल २०७९ भदौ २७ गते ७:१९ मा प्रकाशित

कुख्यात ग्याङ्स्टर लरेन्सले भारतीय अभिनेता सलमान खानलाई मार्न बनाएको ४ वटा योजना असफल भएको छ ।पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्यामा संग्लन भएको भनिएका कपिल पण्डित र महाराष्ट्रका शार्प शूटर सन्तोष जाधव सलमानको रेकी गर्न केही समय अगाडी धेरै दिन मुम्बईमा बसेका थिए ।मुसेवालाको हत्याको नेतृत्व लरेन्सका भतिजा सचिन थापनले गरेका थिए । पञ्जाब प्रहरीले कपिल पण्डितलाई समातेर सोधपुछ गरेपछि मुसेवालाको हत्याको खुलासा भएको हो ।

पञ्जाब प्रहरीले सलमानलाई दिएको धम्कीबारे पनि अनुसन्धान सुरु गरेको छ । यसको पुष्टि गर्दै पञ्जाबका डीजीपी गौरव यादवले भने लरेन्सले गुण्डाहरू सम्पत नेहरा र गोल्डी ब्रारमार्फत कपिल पण्डितसँग हत्या गर्नेबारे सम्पर्क गरेका थिए। लरेन्स उनीहरूमार्फत सलमान खानलाई निशाना बनाउन चाहन्थे । पञ्जावका कपिल पण्डित पक्राउ भएपछि सन्तोष जाधव पनि महाराष्ट्रमा पक्राउ परेका थिए भने लरेन्सका भाइ अनमोल केन्या र भतिजा सचिन थापनलाई अजरबैजानमा समातेर हिरासतमा राखिएको छ । तीनै जनालाई मुम्बई ल्याएर सोधपुछ गरिने छ । यसका लागि पञ्जाब प्रहरीको टोली पनि मुम्बई जाने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

लरेन्सका भाइ अनमोल केन्या र भतिजा सचिन थापनलाई अजरबैजानमाबाट भारत सरकारको सहयोगमा स्वदेश ल्याउने प्रक्रिया सुरु भइरहेको छ ।लरेन्सले सलमान खानलाई मार्ने ४ पटक योजना बनाएका थिए । यसका लागि उनले राइफल पनि किने । लरेन्सले सन् २०१८ मा सलमानको हत्या गर्न शूटर सम्पत नेहरालाई मुम्बई पठाए । उनीसँग पेस्तोल मात्र भएकाले मार्न असफल भए त्यसपछि पछि, लामो दूरीको निसाना लाग्ने राइफल ४ लाख चारतीय रुपैयाँमा किनेर सम्पतलाई दिए । तर, सलमानलाई मार्न अघि सम्पत नै पक्राउ परे । यसपछि लरेन्सले दुई पटक थप प्रयास गरे तर, सलमानलाई मार्ने मौका पाएनन् ।

कालो हरिण शिकार प्रकरणमा लरेन्स सलमान खानलाई मार्न चाहन्छन् । सलमान २४ वर्षदेखि हरिण मुद्दामा अदालतको चक्कर काट्दै आएका छन् । हालै लरेन्सले स्वीकार गरेको बयान अनुसार आफ्नो समुदाय हरिण शिकारको विरुद्धमा छ। सलमानले हरिण मारेका कारण सलमानलाई मार्न चाहेको बताएका छन् ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू