अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४६ | Colorodo: 03:01

एन्टिगुवा एन्ड बरबुडाले अब बेलायतका राजा–रानीलाई राष्ट्र प्रमुख मान्ने/नमान्ने विषयमा जनमत सङ्ग्रह

बिआरटीनेपाल २०७९ भदौ २६ गते ७:४९ मा प्रकाशित

बेलायतका राजा–रानीलाई राष्ट्रप्रमुख मान्ने १४ वटा देशमध्ये एन्टिगुवा एन्ड बरबुडाले अब बेलायतका राजा–रानीलाई राष्ट्र प्रमुख मान्ने कि नमान्ने भन्ने विषयमा जनमत सङ्ग्रह गर्ने भएको छ ।

एन्टिगुवा एन्ड बरबुडाका प्रधानमन्त्री ग्यास्टन ब्राउनले महारानी एलिजाबेथ द्वितीयको निधनपछि अब गणतन्त्र स्थापना गर्ने वा राजा–रानीलाई राष्ट्रप्रमुख मानिरहने भन्ने विषयमा जनमत सङ्ग्रह गर्ने बताउनुभएको बीबीसीले जनाएको छ । चार्ल्स तृतीयलाई राष्ट्र प्रमुख स्वीकार्ने कागजातमा हस्ताक्षर गरिसकेपछि उहाँले अबको तीन वर्षभित्र जनमत सङ्ग्रह गर्ने बताउनुभयो ।

प्रधानमन्त्री ब्राउनले एन्टिगुवा एन्ड बरबुडा र ब्रिटिस राजतन्त्रबीचको शत्रुताका कारण नभइ सार्वभौम राष्ट्र हो भन्ने सन्देश दिन जनमत सङ्ग्रह गर्न लागेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू