अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३९ | Colorodo: 07:54

शिक्षाबाट बञ्चित गरिएको भन्दै अफगानिस्तानमा महिलाको प्रदर्शन

बिआरटीनेपाल २०७९ भदौ २६ गते ६:३५ मा प्रकाशित

अफगानिस्तामा तालिवान सरकारले शिक्षाबाट बञ्चित गरेको भन्दै केही युवतीहरूले विरोध प्रदर्शन गरेका छन् ।आफ्ना लागि विद्यालय बन्द गरिएको विरोधमा छात्राहरूले अफगानिस्तानको पाक्तिया प्रान्तमा प्रदर्शन गरेका हुन् ।पाक्तियाको मध्यभागमा भेला भएका छात्राहरूले विद्यालय सूचारु गर्न र युवतीहरूलाई पनि पढ्न दिन माग गर्दै र्‍याली समेत निकालेका थिए ।

अप्mगानिस्तानको स्थानीय सरकारले यसअघि महिलाहरुका लागि कक्षा ६ भन्दा माथि पढ्न दिने र त्यसका लागि विद्यालयहरु खुल्ला गर्ने निर्णय गरेको थियो । यद्दपी त्यो निर्णय पनि केही समयपछि उल्ट्याइएपछि विद्यार्थीहरु बिरोध प्रदर्शनमा उत्रेका हुन् ।विद्यालय तत्काल खुल्ला गर्न र छात्रालाई पनि अध्ययन अध्यापन गर्ने वातावरण बनाउन अधिकारवादीहरुले दवाब दिँदै आएका छन् ।

तालिवान विद्रोहीले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा महिलाहरुलाई अध्ययन, अध्यापन र रोजगारी गर्न प्रतिबन्ध लगाइएको छ । उनीहरुलाई घर बाहिर निस्कँदा पनि एक्लै नहिड्न आदेश दिइएको छ । तालिवान सरकारले मुस्लिम कानुनअनुसार सरकार चलाउने प्रयास गरिरहेको छ भने त्यसका विरुद्धमा विभिन्न क्षेत्रबाट आवाज पनि उठिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू