अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१५ | Colorodo: 02:30

हङकङमा पाँच स्पीच थेरापिस्टलाई जेल सजाय

बिआरटीनेपाल २०७९ भदौ २६ गते ६:३४ मा प्रकाशित

हङकङमा पाँच जना स्पीच थेरापिस्टलाई बालबालिकालाई भड्काउने किताब लेखेको आरोपमा प्रत्येकलाई १९ महिनाको जेल सजाय दिइएको छ ।बालबालिकाका लागि तीन वटा इ–कार्टुन किताब प्रकाशित गरेका ती युवा थेरापिस्टहरुलाई काटुर्नचित्र मार्फत हङकङका बालबालिकालाई चीन विरुद्ध भड्काउन खोजेको आरोप लगाइएको छ ।

एउटा कार्टुन किताबमा भेडाहरुले आफ्नो गाउँ कब्जा गर्न खोज्ने ब्वाँसाहरुलाई रोक्न प्रतिरोध गरेको कथा प्रस्तुत गरिएको छ । जसलाई न्यायाधीश क्वक वाइखिनले काटर्नु मार्फत बालबालिकाको दिमाग भुट्न खोजेको ठहर गरेका हुन ।

जेल सजाय पाउनेहरुमा लाइ मनलिङ, मेलोडी इयुङ, सिड्ने एन्जी, स्यामुएल छन र फोङ चहो रहनेका छन् । २५ देखि २८ वर्षका यी लेखकहरुको तर्क भने जनताको आँखाबाट इतिहासको ब्याख्या गर्न खोजेको भन्ने रहेको छ । उनीहरु विरुद्ध फैसला गर्न उपनिवेशकालिन राजद्रोह कानुनको सहारा लिइएको भन्दै आलोचना गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू