अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२० | Colorodo: 09:35

चीनमा फाइभ–जी बेस स्टेशनको सङ्ख्या १९ लाख नाघ्यो

बिआरटीनेपाल २०७९ भदौ २५ गते ७:५५ मा प्रकाशित

चीनमा फाइभ–जी बेस स्टेशनको सङ्ख्या १९ लाख नाघेको छ । चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले छोटो समयमै फाइभ–जी बेस स्टेशनको सङ्ख्या १९ लाख ६ हजार वटा पुर्‍याउन सफल भएको बताएको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

बेस स्टेशनकै कारण बनेको उच्च गुणस्तरको औद्योगिक इन्टरनेट नेटवर्कले चीनका तीन सयभन्दा बढी औद्योगिक सहरहरू समेटेको छ । जसले परम्परागत चिनियाँ उद्यमहरूको रूपान्तरण र स्तरवृद्धिलाई गति दिएको मन्त्रालयका अधिकारी वाङ पेङले बताउनुभएको छ । साना र मझौला उद्यमहरूमा औद्योगिक इन्टरनेटको आवेदन प्रवेश दर गएकाे दुई वर्षमा झन्डै पाँच प्रतिशतले बढेको छ ।

फाइभ–जीको प्रयोगपछि ८३ प्रतिशत उद्यमहरूले उत्पादन र सञ्चालन दक्षता उल्लेखनीय रूपमा सुधार भएको बताएका छन् । फाइभ–जीको औद्योगिक इन्टरनेट पहिचान विश्लेषण प्रणालीले महामारी रोकथाम र नियन्त्रणमा पनि महत्त्वपूर्ण भूमिका खेलेको छ ।

चीनले सन् २०१९ को नोभेम्बरमा फाइभ–जीको सुरुवात गरेको थियो । अहिले प्रयोगकर्ताको सङ्ख्याा ४५ लाख जनाभन्दा धेरै पुगेको छ । ९० करोड जनाले फाइभ–जीमा आबद्ध हुन आवेदन दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू