अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०४ | Colorodo: 13:19

आफ्नो भुमि धमाधम फिर्ता गर्दै युक्रेन

बिआरटीनेपाल २०७९ भदौ २५ गते ७:४२ मा प्रकाशित

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले कब्जामा लिएको युक्रेनको ठुलो क्षेत्र फिर्ता लिने क्रममा मह्त्वपुर्ण सफलता हात परेको बताउनुभएको छ ।सेनाले ‘दर्जनौं बस्तीहरू मुक्त’ गर्नुका साथै गत हप्तामा पूर्वमा खार्किभ क्षेत्र र दक्षिणमा खेरसनमा १ हजार वर्ग किलोमिटर भन्दा बढी क्षेत्र फिर्ता लिन सफल भएको राष्ट्रपति जेलेन्स्कीले दावी गर्नुभएको छ । शुक्रबार युक्रेनी सैनिकहरूले युक्रेनको दोस्रो ठूलो सहर खार्किभको दक्षिणी भागमा रहेको बालाक्लियाको पूर्वी सहर कब्जा गरेको जेलेन्स्कीले घोषणा गर्नुभएको छ ।

युक्रेनी सेनाले रुसीहरूलाई चकित पार्ने गरी भएको आक्रमणपछि त्यो मोर्चाबाट करिब ५० किलोमिटर अगाडि बढेको बताईएको छ । रूसी सेनाले खार्किभ नजिकै घाइते कर्मचारी र क्षतिग्रस्त सैन्य उपकरण हटाउने प्रयास गरेको युक्रेनले दावी गरेको छ । कुशल र समन्वयात्मक कार्यको लागि धन्यवाद दिँदै जेलेन्स्कीले स्थानीयको समर्थनमा युक्रेनको सशस्त्र सेनाले तीन दिनमा झण्डै ५० किलोमिटर अगाडि बढेको बताउनुभएको छ ।

कीभले दक्षिणमा खेरसन प्रान्तमा फ्रन्ट लाइनको अर्को छेउमा सयौं किलोमिटर टाढा लामो समयदेखि प्रतिक्षा गरिएको काउन्टरअफेन्सिभ सुरु गर्ने घोषणा गरेको एक हप्ता पछि पूर्वमा युक्रेनी आश्चर्यजनक सफलता हात पारेको हो । खार्किभ नजिकैको युक्रेनी सफलता महिनौंसम्म दुबै पक्षबाट रिपोर्ट गरिएको सबैभन्दा छिटो प्रगति भएको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू