अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२५ | Colorodo: 03:40

चार्ल्स तृतीयद्वारा राष्ट्रको नाममा पहिलो सम्बाेधन, छोरा विलियम प्रिन्स अफ वेल्स बन्ने घोषणा

बिआरटीनेपाल २०७९ भदौ २५ गते ६:३८ मा प्रकाशित

बेलायती महाराज चार्ल्स तृतीयले राष्ट्रको नाममा पहिलो सम्बाेधन गर्नुभएको छ ।आफ्नी आमा महारानी एलिजाबेथ द्वितीयको निधनपछि राजा बनेका चार्ल्सले पहिलो पटक राष्ट्रको नाममा सम्बाेधन गर्नुभएको हो ।चार्ल्स तृतीयले म आज तपाईँहरूसँग गहिरो दुःखको भावनाका साथ कुरा गर्छु भन्दै सम्बोधन सुरु गरेर आफ्नी आमालाई श्रद्धाञ्जली अर्पण गर्दै अन्त्य गर्नुभएको बीबीसीले जनाएको छ ।

उहाँले आफ्नो परिवार र देशहरुप्रति दिएको माया, समर्पण र लगनशीताका साथ गरेको सेवाको लागि आमाप्रति कृतज्ञता व्यक्त गर्नुभयो । उहाँले आफ्नो परिवार आमाप्रति हृदयदेखि नै ऋणी रहेको पनि बताउनुभयो। महारानी एलिजाबेथ द्वितीयको बिहीवार ९६ वर्षको उमेरमा निधन भएको थियो ।

सन् १९५२ मा राज्यारोहण गर्नुभएकी एलिजाबेथले सात दशक शासन गर्नुभएको थियो । महाराज चार्ल्स तृतीयले छोरा विलियम प्रिन्स अफ वेल्स बन्ने घोषणा पनि गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू