अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३५ | Colorodo: 18:50

रौतहटमा चट्याङ लागेर ३ जनाको ज्यान गयो, अन्य केही घाइते

बिआरटीनेपाल २०७९ भदौ १४ गते ०:०६ मा प्रकाशित

रौतहटको मलाही टोलमा चट्याङ लागेर ३ जना महिलाको ज्यान गएको छ । गरुडा नगरपालिका–३ मलाही टोलमा खेतमा काम गर्ने क्रममा आज बिहान चट्याङ लागेर ३ जनाको ज्यान गएको नगरपालिकाका उपमेयर पुनमकुमारी चौधरीले जानकारी दिनुभयो ।

चट्याङ लागेर मलाही गाउँका सुदनीया देवी, जगिया कुमारी र मनिषा कुमारीको ज्यान गएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । चट्याङ लागेर खेतमा काम गरिरहेका अरु घाइते भएका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू