अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०९ | Colorodo: 01:24

देशभर थप ८५२ जनामा कोरोना संक्रमण

बिआरटीनेपाल २०७९ भदौ १ गते ७:४२ मा प्रकाशित

देशभर पछिल्लो २४ घण्टामा थप ८ सय ५२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा ६ हजार ३ सय ८३ जनाको नमूना परीक्षण गरिएको थियो ।

३ हजार ८ सय ७६ जनाको पीसीआर र २ हजार ५ सय ७ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ८ सय ५२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बुधबार ३ सय २८ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ५ हजार ४ सय ६२ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू