अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५१ | Colorodo: 23:06

एकैदिन थपिए ८८८ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

बिआरटीनेपाल २०७९ साउन ३० गते ७:२० मा प्रकाशित

पछिल्लो २४ घण्टामा ८८८ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५ हजार ७३७ जनामा कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ४२७ जना तथा एन्टिजेन विधिबाट ४६१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सोमबार ४७४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ५ हजार ३८७ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू