अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४८ | Colorodo: 01:03

देशभर थप ४५५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

बिआरटीनेपाल २०७९ साउन २९ गते ५:३५ मा प्रकाशित

देशभर पछिल्लो २४ घण्टामा थप ४ सय ५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा ४ हजार ८ सय २९ जनाको नमूना परीक्षण गरिएको थियो ।

२ हजार ३ सय ८ जनाको पीसीआर र २ हजार ५ सय २१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४ सय ५५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आइतबार ३ सय २ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ५ हजार ४ सय ३४ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू