अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५२ | Colorodo: 22:07

आउँदाे चुनावमा म्यादी प्रहरीकाे सङ्ख्या बढ्छ : आईजीपी सिंह

बिआरटीनेपाल २०७९ साउन २६ गते ७:५१ मा प्रकाशित

आउँदो सङ्घ र प्रदेश सभा चुनावका लागि म्यादी प्रहरी भर्नामा पूर्वम्यादी र पूर्वसुरक्षाकर्मीले विशेष प्राथमिकता पाउने भएका छन् । आज बिहीवार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहले यस्तो बताउनुभएको हो । उहाँले अहिलेलाई म्यादी प्रहरीको सङ्ख्या यकिन नभइसकेको तर गृह मन्त्रालयमा खर्च र कति सुरक्षाकर्मी खटाउने भन्नेबारेमा छलफलका लागि सूची पठाइसकेको बताउनुभयो । उहाँले म्यादी प्रहरीलाई ४० दिनका लागि भर्ना गर्ने र गएको पालिका चुनावमा दिएको सेवा सुविधा नै प्रदान गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आउँदाे चुनावमा म्यादी प्रहरीको सङ्ख्या पालिका चुनावको भन्दा धेरै हुनेछ । पालिका चुनावमा भर्ना भएका म्यादी प्रहरी र पूर्वसुरक्षाकर्मीलाई विशेष प्राथमिकता दिइनेछ । त्योभन्दा बाहेकका लागि केही छनोट प्रविधि हुनेछ । हामी मङ्सिर ४ को चुनावको तयारीमा छौँ ।’ आईजीपी सिंहले नेपाल प्रहरी चुनावको तयारीका साथै अपराध अनुसन्धान र नियन्त्रणमा पनि गम्भीर बनिरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू