अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४५ | Colorodo: 05:00

विज्ञापन र सामाजिक सञ्जालमा आकर्षक देखिएकै भरमा पछि नलागाैँ, स्वास्थ्य ठूलाे हाे : अभिनेता हमाल

बिआरटीनेपाल २०७९ साउन २६ गते ७:५४ मा प्रकाशित

अभिनेता राजेश हमालले खानेकुराको स्रोत पहिचान गर्न नसक्दा स्वास्थ्यसम्बन्धी जटिल समस्या सिर्जना भइरहेको भन्दै सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।  बिहीवार नेपाली उपभोक्ता संरक्षण महासङ्घको प्रथम राष्ट्रिय महाधिवेशन तथा स्थापना दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । हमालले आधुनिकताको पछाडि दौडिने क्रममा स्वदेशमै उत्पादित खाद्य सामग्रीको प्रयोग कम गर्न थालेको बताउनुभयो। हेर्दा आकर्षक देखिने खाद्य सामग्री एवम् कपडाभन्दा स्वदेशमा नै उत्पादित खानेकुरा र लगाउने लुगा राम्रो र स्वास्थ्यवर्द्धक हुने उहाँको भनाइ छ ।

हमालले गुणस्तरयुक्त खानेकुराको कमीका कारण स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भइरहेको भन्दै कुनै विज्ञापन र सामाजिक सञ्जालमा आकर्षक देखिएकै भरमा पछि नलाग्न सचेत गराउनुभयो । स्वास्थ्यमा खतरा भइसक्दा समेत उपभोक्ता सचेत हुन नसकेको भन्दै उपभोक्ता संरक्षण महासङ्घले यसमा पहलकदमी थाल्नुपर्ने उहाँको भनाइ छ ।  हमालले प्याक गरिएका खाद्य सामग्री स्वास्थ्यलाई बेवास्ता गर्दै स्वाद र व्यापारलाई मध्यनजर गरेर राखिएको हुने भन्दै त्यसतर्फ सचेत रहन पनि आग्रह गर्नुभयो। उहाँले स्थानीय उत्पादनलाई विशेष जोड दिएर गुणस्तरहीन खानेकुरा र लगाउने कपडाहको बहिष्कार गर्न आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू