अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४७ | Colorodo: 08:02

जापानमा एकैदिन २ लाख ५० हजार जनामा कोरोना संक्रमण, २५१ जनाको मृत्यु

बिआरटीनेपाल २०७९ साउन २६ गते ७:३५ मा प्रकाशित

जापानमा एकैदिन २ लाख ५० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।एकैदिन २५१ जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । जापानको स्वास्थ्य मन्त्रालयका अनुसार विगत ३ महिनाको तथ्याङ्क हेर्ने हो भने यो संख्या सबैभन्दा बढी हो ।

अगष्ट ३ तारिखमा २ लाख ४९ हजार ८३० जना सक्रमित भएकोमा अहिले संक्रमितको संख्या बढेको हो । जापानमा कारोना भाइरसको नयाँ उप प्रजाति ‘बिए.५’ थप द्रुत गतिमा फैलिएको बताइएको छ । जापानका ४७ मध्ये २० प्रान्तमा पछिल्लो समय कोरोना संक्रमण फैलिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू