अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:११ | Colorodo: 10:26

बुस्टर मात्राले गम्भीर बिरामी वा मृत्यु हुनबाट लगभग ८५ प्रतिशत सुरक्षा गर्छ : स्वास्थ्य मन्त्रालय

बिआरटीनेपाल २०७९ साउन २४ गते ६:५१ मा प्रकाशित

सरकारले काेभिड–१९ (कोरोना भाइरस) विरुद्धको पहिलो, दोस्रो र बुस्टर मात्रा खाेप लगाउन पुनः आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाविरुद्धको खोपले नै गम्भीर अवस्थामा पुग्नबाट रोक्ने भएकाले जुन मात्रा लगाउनुपर्ने हो त्यो मात्रा खोप अनिवार्य लगाउन आग्रह गरेको हो । खोप लगाएका मानिसको तुलनामा नलगाएका मानिसमा सङ्क्रमणले गम्भीर बिरामी बनाउने सम्भावना १० गुणाले धेरै हुने भएकाले खोप लगाउनुपर्ने मन्त्रालयको भनाइ छ । खोप लगाएका कोरोना सङ्क्रमित निकै कम मात्रै गम्भीर अवस्थामा पुग्ने मन्त्रालयले जनाएको छ ।

यस्तै बुस्टर मात्राले गम्भीर बिरामी वा मृत्यु हुनबाट लगभग ८५ प्रतिशत सुरक्षा गर्ने मन्त्रालयले जनाएको छ । कोरोनाविरुद्धको खोप लगाउन, नाक र मुख छोपिने गरी मास्क लगाउन, भौतिक दुरीको ख्याल गर्न, खोक्दा वा हाच्छिउँ गर्दा पाखुरादेखि नाडीसम्मको भागले नाकमुख छोप्न, झ्याल सधैँ खुला राख्न र बेला–बेला साबुन पानीले मिचिमिची हात धुन पनि मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू