अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५४ | Colorodo: 19:09

अमेरिकाको केन्टकी राज्यमा बाढीका कारण ३७ जनाको मृत्यु, १०० बढी बेपत्ता

बिआरटीनेपाल २०७९ साउन १७ गते ७:०३ मा प्रकाशित

अमेरिकाको पूर्वी राज्य केन्टकीमा भीषण वर्षापछि आएको बाढीका कारण कम्तिमा ३७ जनाको मृत्यु भएको छ ।बाढीमा परि एक वर्षदेखि ८ वर्ष उमेर समूहका ६ जना बालबालिकाको पनि मृत्यु भएको छ । उक्त क्षेत्रमा थप वर्षा हुने भन्दै सतर्कता अपनाउन भनिएको छ । बाढीमापरि १ सय भन्दा बढी बेपत्ता भएको र उनीहरुको खोजी कार्य जारी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

केन्टकीका गभर्नर एन्डी बेसियरले सयौं मानिस बेपत्ता भएकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताउनुभएको छ । १२ हजार भन्दा बढी घरहरू डुबानमा परेका छन् । बिस्थापित करिब ३ सय स्थानीयले पार्क, चर्च र घुम्ती घरहरूमा शरण लिएका छन् । सडक, पुल र अन्य पूर्वाधारमा भएको क्षतिको मर्मत गर्ने तयारी भईरहेको जनाइएको छ ।

उक्त क्षेत्रमा दशकौंपछि सबै भन्दा खराब बाढी आएको हो । वर्षा जारी रहेकाले बाढीमा फसेकाहरुलाई अत्यावश्य वस्तु उपलब्ध गराउन र उनीहरुको उद्धारमा कठिनाई भएको छ । बाढीपछि उक्त क्षेत्रमा अत्यधिक लुटपाट भएपछि रातभर कर्फ्यू लगाइएको छ । यसैबीच राष्ट्रपति जो बाइडेनले बाढीलाई ठूलो प्रकोपको घोषणा गर्दै उद्धार कार्यलाई तीव्रता दिन निर्देशन समेत दिनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू