अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४८ | Colorodo: 12:03

उर्जन श्रेष्ठ यू–१७ फुटबल टोलीको मुख्य प्रशिक्षक

बिआरटीनेपाल २०७९ साउन १० गते ७:१४ मा प्रकाशित

‘ए’ डिभिजन क्लब थ्री स्टार क्लबका प्रशिक्षक उर्जन श्रेष्ठ यू–१७ फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘ए’ लाइसेन्स प्राप्त प्रशिक्षक श्रेष्ठलाई यू–१७ टोलीको जिम्मेवारी दिएको हो ।एन्फा अन्तर्गतको एन्फा एकेडेमीमा हाल कुनै खेलाडी नरहेकाले यू–१७ टोली खुल्ला छनोटमार्फत भइरहेको छ ।खुल्ला छनोट साउन ९ देखि एन्फा कम्प्लेक्सको खेल मैदानमा सुरु भएको हो । श्रेष्ठले सन् २०१६ मा एएफसी ‘ए’ लाइसेन्स प्राप्त गरेका थिए ।

हाल थ्री स्टारको प्रशिक्षक रहेका प्रशिक्षक श्रेष्ठले यसअघि ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई बी डिभिजनबाट ए डिभिजनमा उकालेका थिए । उनले ए डिभिजनमा बिबिसी पनि सम्हालेका थिए । त्यसअघि उनले च्यासललाई सी डिभिजनमा प्रशिक्षण दिएका थिए । खेलाडीको रुपमा श्रेष्ठले तीनपटक घरेलु फुटबलको मेरुदण्ड मानिने सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू