अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३९ | Colorodo: 12:54

युरोकप महिला फुटबल- अष्ट्रियालाई हराउँदै जर्मनी सेमिफाइनलमा

बिआरटीनेपाल २०७९ साउन ६ गते ७:३३ मा प्रकाशित

अष्ट्रियालाई हराउँदै जर्मनी युरोकप महिला फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।इंग्ल्याण्डको ब्रेन्टफोर्डमा बिहीबार राति भएको क्वाटरफाइनल खेलमा जर्मनीले अष्ट्रियालाई २–० ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।जर्मनीको लागि लिना मागुल र अलेजान्द्रा पोपले एक एक गोल गरे ।

खेलको २५ औं मिनेटमा मागुलले गोल गर्दै जर्मनीलाई १–० अग्रता दिलाएकी थिइन् । त्यसपछि ९० औं मिनेटमा पोपले गोल गर्दै जर्मनीलाई २–० काे जित दिलाइन् ।जितसँगै युरोकप महिला फुटबलको सर्वाधिक सफल टोली जर्मनी उपाधि यात्रामा एक कदम अगाडि बढेको छ । जर्मनीले अब सेमिफाइनलमा नेदरल्याण्ड्स वा फ्रान्समध्ये एक टोलीको सामना गर्नेछ ।

नेदरल्याण्ड्स र फ्रान्सबीचको क्वाटरफाइनल खेल भोलि शनिबार राति हुनेछ । आज शुक्रबार हुने खेलमा भने स्विडेनले बेल्जियमको सामना गर्नेछ । यो खेलको विजेताले सेमिफाइनलमा आयोजक इंग्ल्याण्डसँग बुधबार राति प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू