अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०० | Colorodo: 22:15

जसपा केन्द्रीय समिति बैठक वीरगञ्जमा बस्ने गरी बोलाइयो, भट्टराई र यादव पक्ष अलग हुने सहमति

बिआरटीनेपाल २०७९ असार १६ गते ८:१७ मा प्रकाशित

जनता समाजवादी पार्टी (जसपा)को विवाद सार्वजनिक भइरहेको समयमा केन्द्रीय समितिको बैठक बोलाइएको छ ।पार्टीका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले एक विज्ञप्ति जारी गर्दै वीरगन्जमा बस्ने गरी केन्द्रीय समिति बैठक बोलाइएको जानकारी दिनुभएको हो ।

जारी विज्ञप्ति अनुसार जसपा केन्द्रीय समिति बैठक असार २७ र २८ गते मधेस प्रदेशको वीरगन्जमा हुने भएको हो।पछिल्लो समय दुई अध्यक्षबीच विवाद बढ्दै गएपछि जसपा नेपाल फेरि विभाजनको संघारमा पुगेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच अब एउटै पार्टी रहन सक्ने अवस्था नभए अलग–अलग बाटोबाटै अघि बढ्न सक्ने सहमति बनेको पार्टी स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू