अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०१ | Colorodo: 01:16

हैजाबारे गम्भीर बन्न सरकारलाई स्वास्थ्य समितिको आग्रह

बिआरटीनेपाल २०७९ असार १३ गते ८:१३ मा प्रकाशित

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले हैजाबारे गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ ।सोमबार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रतिनिधिहरुसँग छलफल गरेपछि समितिले सरकारलाई गम्भीर बन्न आग्रह गरेको हो ।
समितिमा औषधिको मूल्य वृद्धिका विषयमा पनि छलफल भएको थियो । समितिले गुणस्तरहीन औषधि खरिद नगर्न, उचित मूल्य समायोजन गर्न र म्याद गुज्रेका औषधि खरिद नगर्न सरकारलाई ध्यानाकर्षण गराएको छ ।बैठकमा इपीडीमीयोलोजी एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दासले हैजाबाट बच्न आम नागरिक नै सजग रहनुपर्ने बताउनुभयो ।

उहाँले अहिलेसम्म महाशाखाले परीक्षण गरेको ठाउँमध्ये ललितपुरको सानेपा र काठमाडौंको बागबजार, डिल्लीबजारको पानी प्रदुषित फेला परेको जानकारी दिनुभयो । निर्देशक दासले वागबजारमा देखिएको हैजाको प्रकृति गम्भीर रहेको भन्दै सरकारले हैजा फैलिनबाट रोक्न विभिन्न कदम चालिरहेको र अस्पतालहरुलाई तयारी अवस्थामा बस्न भनेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू