अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३८ | Colorodo: 08:53

मूल्य वृद्धिविरुद्ध जनवर्गीय सङ्गठनलाई सडक आन्दोलनमा उतार्ने एमालेको निर्णय

बिआरटीनेपाल २०७९ असार ९ गते ७:३९ मा प्रकाशित

नेकपा (एमाले) ले मूल्य वृद्धिविरुद्ध आफ्ना जनवर्गीय सङ्गठनहरूलाई सडक आन्दोलनमा उतार्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आज जनवर्गीय सङ्गठनका अध्यक्षहरूसँग छलफल गर्दै एमालेले पेट्रोलियम पदार्थसहित खाद्यान्नलगायतको मूल्यवृद्धि, मल र पुस्तक अभावजस्ता जनसरोकारका मुद्दा उठाउँदै सडकमा उतार्ने निर्णय गरेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार छाडेको एक वर्षभित्र मूल्य वृद्धि तीन सय प्रतिशतसम्म पुगेको भन्दै आम नागरिकलाई जीवन धान्न मुस्किल भएकोले त्यसविरुद्ध सडक आन्दोलनमा जानुको विकल्प नरहेको बताउनुभयो । बैठकमा एमालेका २२ वटा जनसङ्गठनका प्रमुखको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू