अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४५ | Colorodo: 03:00

म्यान्मारमा नजरबन्दमा राखिएका नेतृ सुकीलाई एकान्त कारावासमा सारियो

बिआरटीनेपाल २०७९ असार ९ गते ७:३२ मा प्रकाशित

भ्रष्टाचारको आरोपमा राजधानी नेपिटोमा सेनाले बनाएको जेल परिसरमा नजरबन्दमा राखिएका प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई एकान्त कारावासमा सारिएको छ । आपराधिक कानून बमोजिम उहालाई हिजोदेखि एकान्त कारागारमा राखिएको सैनिक सरकारका प्रवक्ता जाव मिन तुनले बताउनु भएको हो ।

सेनाले रक्तपातविहीन विप्लवबाट सत्ता हत्याएपछि सन् २०२१ को फेब्रुअरीदेखि सुकीलाई सैनिक सरकारले घरमै नजरबन्दमा राखेको थियो भने पछि नेपिटोको कारागारमा बन्दी बनाएको थियो ।

नोबेल शान्ति पुरस्कार समेत प्राप्त गर्नु भएका सुकिमाथी सैनिक सरकारले मतदानमा धाँधली गरेको, वाकीटकी रेडियो सेट घरमा राखेको र कोरोनासम्बन्धी नियम तोडेकोलगायत विभिन्न आरोप लगाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू