अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३१ | Colorodo: 23:46

नागरिकता विधेयकलाई अगाडि बढाउने सत्ता गठबन्धनको निर्णय

बिआरटीनेपाल २०७९ असार ८ गते ८:०१ मा प्रकाशित

सत्तारुढ पाँच दलीय गठबन्धनले नागरिकता विधेयकलाई अगाडि बढाउने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकताको विधेयकलाई अगाडि बढाउने प्रस्ताव गर्नुभएको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।

कार्कीले कतिपय नागरिकले बुबाआमा नेपाली नागरिक भए पनि नागरिकताविहीन हुनुपरेको भन्दै नागरिकताको समस्यालाई समाधान गर्न सरकार अघि बढेको बताउनुभयो । बैठकमा शान्ति प्रक्रियालाई चाँडै निस्कर्षमा पु¥याउनका लागि पनि छलफल भएको उहाँले जानकारी दिनुभयो ।

मन्त्री कार्कीले गठबन्धनको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले मन्त्रालयले शान्ति प्रक्रियाको बारेमा अहिलेसम्म प्राप्त विवरणको प्रगतिको प्रतिवेदन पनि प्रस्तुत गर्नुभएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू