अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१७ | Colorodo: 03:32

नेमकिपा अध्यक्ष बिजुक्छेलाई पत्नी शोक

बिआरटीनेपाल २०७९ असार ८ गते ७:४९ मा प्रकाशित

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेलाई पत्नी शोक परेको छ । पत्नी शोभा प्रधानको नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा उपचारका क्रममा आज बुधवार दिउँसाे निधन भएको नेमकिपाका नेता सरोजराज गोसाईले जानकारी दिनुभयो ।

विसं २०१७ पुस १४ गते रामेछापमा जन्मिनुभएकी शोभा प्रधानको नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेसँग २०४० साल मङ्सिर ११ गते विवाह भएको थियो । उहाँका दुई छाेरा रहेको गोसाईले जानकारी दिनुभयो ।

लामो समयदेखि शिक्षण पेसामा आबद्ध प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएर उपचारपछि निको भए पनि केही वर्षअघि पुनः क्यान्सर देखिएपछि उपचाररत हुनुहुन्थ्यो । उहाँको अन्तिम संस्कार भने विदेशका रहेका छाेरा नेपाल आइपुगेपछि गरिने बताइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू