अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२८ | Colorodo: 05:43

सञ्चारकर्मी रवि लामिछानेद्धारा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा

बिआरटीनेपाल २०७९ असार ७ गते ७:०९ मा प्रकाशित

सञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्नुभएको छ । काठमाडौंमा एक कार्यक्रम गरेर उहाँले पार्टीको नाम सार्वजनिक गर्नुभएको हो । लामिछानेले प्रधानमन्त्री र मुख्यमन्त्रीको चुनाव प्रत्यक्ष हुनु पर्ने माग राख्नुभएको छ । स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरूलाई आफ्नो दलमा आउन पनि उहाँले आग्रह गर्नुभएको छ ।

स्वतन्त्र उम्मेदवारी दिन लागेकाहरूप्रति आफ्नो सम्मान रहेको भन्दै उहाँले देशभरबाट समानुपातिक मत सङ्कलन गर्नु पर्ने भएकाले दल गठन गरेको बताउनुभयो । पार्टी सदस्यहरूबीच प्रारम्भिक निर्वाचन गरेर मात्र संसदको प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार चयन गर्ने उहाँको भनाइ थियो ।

लामिछानेले पार्टीको भ्रातृ संगठन नबनाउने घोषणा पनि गर्नुभयो । पार्टीमा कोही पनि कार्यकर्ता नहुने र सबै सदस्य मात्र हुने उहाँको भनाइ रहेको छ । सदस्यले मत हाल्ने बाहेक पार्टीका लागि कुनै काम गर्नु नपर्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू