अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५५ | Colorodo: 15:10

विरोधीहरूले नेकपा एकीकृत समाजवादी फुट्ने हल्ला चलाए : झलनाथ खनाल

बिआरटीनेपाल २०८१ वैशाख २६ गते ५:३१ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफूले पार्टी विभाजन गर्दैछ भनेर सुनियोजित रूपमा हल्ला चलाइएको दाबी गर्नुभएको छ ।उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित भएपछि एकीकृत समाजवादी पनि फुट्न लागेको चर्चाकाबीच नेता खनालेले प्रष्टीकरण दिनुभएको हो । उहाँले विज्ञप्ति निकालेर विरोधीहरूले झुटो हल्ला फैलाएका बताउनुभएको छ ।

उहाँले भन्नुभएकाे छ, ‘छ जना सांसद लिएर झलनाथ खनालले संसदीय दल फुटाउँदै छन् भन्ने हल्ला तीव्र रूपले फैलाइएकाे छ । केही अवाञ्छित, स्वार्थी र कम्युनिस्ट विरोधी तत्त्वहरूले सुनियोजित रूपले यस्तो प्रचार गरेका छन् । यसले पार्टीभित्र एउटा भ्रमको कुहिरो फैलाइदिएकाे छ ।’

नेता खनालले पार्टी विभाजन हुन लागेकाे भन्ने कुरा हल्लामात्र भएकाे भन्दै पार्टी महाधिवेशनलाई भव्यताका साथ बनाउन लागिपर्न नेता कार्यकर्तालाई आग्रह पनि गर्नुभएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू