अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५५ | Colorodo: 13:10

गम्भीर तथा घातक रोग लागेका बाहेक सबै शिक्षकको काज फिर्ता हुने

बिआरटीनेपाल २०८१ वैशाख २६ गते ५:३२ मा प्रकाशित

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर तथा घातक रोग लागेर उपचाररत बाहेक सामुदायिक विद्यालयका सबै शिक्षकको काज फिर्ता गर्ने निर्णय गरेको छ । सचिवस्तरीय निर्णयबाट सबै शिक्षककाे काज सरुवा फिर्ता गर्ने निर्णय गरेको शिक्षा मन्त्रालयले जनाएको छ ।

शिक्षकलाई आवश्यकता नभएका निकायहरूमा काजमा राखिएको र त्यसले अध्ययन–अध्यापनमा समस्या पारेको गुनासो आएपछि शिक्षामन्त्री सुमना श्रेष्ठले घातक रोग लागेका बाहेक सबै काज फिर्ता गर्ने निर्णय गरी यथाशीघ्र कार्यान्वयन गर्न निर्देशन दिनुभएको थियो । यसअघि शिक्षा मन्त्रालयले शिक्षकहरूलाई राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू