अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४४ | Colorodo: 14:59

कालीकोटकाे नरहरिनाथ गाउँपालिकाले किसानलाई गोठालो भत्ता दिने

बिआरटीनेपाल २०८१ वैशाख २६ गते ५:२९ मा प्रकाशित

कालीकोटको नरहरिनाथ गाउँपालिकाले पशुपालन गर्ने किसानलाई गोठालो भत्ता दिने भएको छ । चालु आर्थिक वर्षको स्वीकृत बजेटअनुसार ‘कृषकसँग उपाध्यक्ष कार्यक्रम’ बाट पशुपालक किसानलाई गोठालो भत्ताको व्यवस्था गरिएको हो ।

पशुपालन बढाउन गाउँपालिकाले किसानलाई गोठालो भत्ताको व्यवस्था गरेको बताउँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलले पशुपालक किसानलाई मासिक एक हजार रुपैयाँ प्रदान गरिने जानकारी दिनुभयो ।

गोठालो भत्ता कार्यविधिअनुसार चार वटा भैँसी ३० वटा बाख्रा र ४० वटाभन्दा बढी भेडा व्यावसायिक रूपमा पाल्ने किसानलाई भत्ता दिइनेछ । युवा तथा बेरोजगारलाई कृषिमा आकर्षित गर्न कार्यक्रम अघि सारिएको गाउँपालिका प्रवक्ता प्रदीप बोहराले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू