अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५५ | Colorodo: 05:10

प्रियंका रानी जोशी बनिन् यस वर्षको मिस नेपाल

बिआरटीनेपाल २०७९ असार ४ गते ८:३३ मा प्रकाशित

सन् २०२२ को मिस नेपालको उपाधि प्रियंका रानी जोशीले जितेकी छन् ।शनिबार ललितपुरको गोदावरीमा भएको ग्रान्ड फिनालेमा उनले उपाधि जितेकी हुन् ।

जोशीलाई पूर्व मिस नेपाल नम्रता श्रेष्ठले ताज लगाइदिएकी हुन् ।त्यस्तै, सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल भएका छन् ।

कोरोनाका कारण अघिल्ला दुई वर्ष स्थगित भएको मिस नेपाल यस वर्ष भौतिकरुपमै सम्पन्न भएको हो । फिनालीमा २४ जनाले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू