अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३५ | Colorodo: 14:50

मंकीपक्स भाईरसकाे विषयमा छलफल गर्न डब्ल्यूएचओको आगामी हप्ता आपतकालीन बैठक बस्ने

बिआरटीनेपाल २०७९ असार १ गते ५:२८ मा प्रकाशित

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वमा हालसालै देखिएको मंकीपक्स भाईरस संक्रमणको अवस्था निकै असामान्य र चिन्ताजनक रहेको बताएको छ ।संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले यस विषयमा छलफलका लागि आगामी हप्ता आपतकालीन समितिको बैठक बोलाउनुभएको छ । सो बैठकमा मंकीपक्स भाईरस संक्रमण अन्तर्राष्ट्रिय सार्वजनिक चिन्ताको विषय हुन सक्छ वा सक्दैन भन्ने विषयमा छलफल हुने बताइएको छ । हालसम्म ३९ देशमा फेला परेको मंकीपक्स १६ सय भन्दा बढीमा पुष्टि भईसकेको छ भने १५ सय बढीमा संक्रमणको आशंका गरिएको डब्ल्युएचओले जनाएको छ ।

यसरी तीब्र रुपमा संक्रमण फैलनुको मुख्य कारण शारीरिक सम्बन्ध नै रहेको दावी गरिएको छ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससका अनुसार ३९ देशमध्ये ७ देशमा वर्षौदेखि भाईरस संक्रमण देखा पर्दै आईरहेको छ भने ३२ देशमा पहिलो पटक संक्रमण फेला परेको हो । यस वर्ष मात्रै संक्रमणका कारण ७२ जनाको मृत्यु भईसको छ ।

यद्यपी पहिलो पटक संक्रमण देखा परेको देशमा हालसम्म कसैको मृत्यु नभएको जनाइएको छ । यसैबीच बेलायतमा करिब ५ सय जनामा मंकीपक्स संक्रमण पुष्टि भएको छ । बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सीका अनुसार अधिकांश समलैगिंक पुरुषहरु यसको चपेटामा आएको पाइएको छ । हालसम्म ९९ प्रतिश संक्रमण पुरुषमा देखिएको छ ।बेलायतपछि स्पेन जर्मनी र क्यानडामा पनि यसको संक्रमण फैलिसकेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू