अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४१ | Colorodo: 20:56

आधुनिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको सहयोग गर्न राष्ट्रपति जेलेन्स्कीकाे विश्वसँग आग्रह

बिआरटीनेपाल २०७९ जेठ ३१ गते ८:३० मा प्रकाशित

युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले युक्रेनको सुरक्षाका लागि आधुनिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको सहयोग गर्न विश्वसँग आग्रह गर्नुभएको छ ।उहाँले रुसले युक्रेनमा आक्रमण सुरु गरेदेखि अहिलेसम्म २६ सय भन्दा बढी क्रुज मिसाइल प्रहार गरिसकेको दावी समेत गर्नुभएको हाे । उहाँले आफ्नो देशको प्रतिरक्षाको लागि इजरायली आइरन डोम, अमेरिकी पेट्रियट ब्याट्रीहरु आवश्यक रहेको समेत उल्लेख गर्नुभएको छ ।

रुसले यूक्रेनमा आक्रमण सुरु गरेदेखि नै रुसी क्रुज मिसाइलहरुको वर्षा भएको, कतिलाई यसको प्रहार लागेको र कति उम्कन सफल भएको उहाँले बताउनुभएकाे छ ।अहिले युक्रेनले हवाई सुरक्षाको लागि मात्रै आग्रह गरेको नभएकाे र पूर्वी डोनबास क्षेत्रमा युद्ध चर्किदै गएपछि थप तोपखाना प्रणालीको आवश्यकता भएकाे युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीलेकाे भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू