अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०४ | Colorodo: 14:19

रुसी सेनाको आक्रमणमा परी एक बेलायती सैनिकको मृत्यु

बिआरटीनेपाल २०७९ जेठ ३० गते ६:४६ मा प्रकाशित

युक्रेनको तर्फबाट युद्ध लडिरहेका एक पूर्वबेलायती सैनिकको रुसी सेनाको आक्रमणमा मृत्यु भएको छ ।गत मार्चमा बेलायती सेनाबाट राजीनामा दिई युक्रेन युद्धमा सामेल भएका जोर्डन गेट्ली एक प्रभावशाली सैनिकको रुपमा परिचित रहेको बुझिएको छ । युक्रेनको पूर्वी शहर सेवेरोडनेत्स्कमा रुसी सेनासँग जुधिरहेका उनको रुसी सैनिकको गोली प्रहारबाट मृत्यु भएको हो ।

उनले रुस युक्रेन युद्धकाबीच युक्रेनी सेनालाई बेलाबेलामा प्रशिक्षण समेत दिने गरेको बताईएको छ। युक्रेनी सेनाको अग्रपंक्तीमा रहने गरेका गेट्लीलाई लक्षित गरी गोली प्रहार गरिएको र उनको मृत्युले युक्रेनी सेनाको मनोबल गिरेको बताइएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीका सल्लाहकार मायखाइलो पोडोलीकले गेट्लीको मृत्युले युक्रेन स्तब्ध भएको प्रतिक्रिया दिंदै बेलायती भएपनि देशले एक सच्चा नायक गुमाएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू