अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०३ | Colorodo: 00:18

माओवादी केन्द्रलाई पनि मन्त्रीहरु फेर्न दबाब छ : वर्षमान पुन

बिआरटीनेपाल २०७९ जेठ २५ गते ८:०४ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले पार्टीभित्र मन्त्री फेर्नुपर्ने आवाज उठिरहेको बताउनुभएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै नेता पुनले पार्टीभित्र मन्त्री फेर्नुपर्ने आवाज उठिरहेको तर यस विषयमा औपचारिक छलफल भने सुरु नभएको बताउनुभयो ।

नेता पुनले माओवादी पार्टीबाट सरकारमा मन्त्री बनेकाहरुलाई फेर्नुपर्ने आवाज उठिरहेको बताउनुभयो ।  नेकपा एकीकृत समाजवादीले मन्त्रीहरु फेर्ने निर्णय गरेसँगै माओवादी केन्द्रलाई पनि मन्त्रीहरु फेर्न दबाब परेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘हाम्रोमा अहिलेसम्म कुनै छलफल भएको छैन । तर, समाजवादीका साथीहरुले पुरै सेट फेरिसकेपछि हाम्रोमा पनि दबाब छ । कांग्रेसमा पनि दबाब छ । जसपामा दबाब छ । यो दबाबलाई नेताहरुले कति थेग्नुहुन्छ थाहा छैन । हाम्रो अझै छलफल सुरु भएको छैन । अहिले फेर्नुपर्छ कि भन्नेखालका आवाजहरु उठिरहेको छ ।’

हालै नेकपा एकीकृत समाजवादीले सरकारमा रहेकाहरुलाई फिर्ता बोलाएर अरु नेतालाई सरकारमा पठाउन प्रधानमन्त्रीसमक्ष नाम बुझाइसकेको छ । यद्यपि सत्तारुढ गठबन्धनभित्र तत्काल मन्त्री नफेर्ने समझदारी अनुसार एकीकृत समाजवादीबाट मन्त्री भएकाहरु फिर्ता भएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू