अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४६ | Colorodo: 05:01

देशभर थप १६ जनामा कोरोना संक्रमण

बिआरटीनेपाल २०७९ जेठ २५ गते ७:३० मा प्रकाशित

देशभर १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरको विभिन्न प्रयोगशालामा ३ हजार ४९ जनामा गरिएको परीक्षणमा १६ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार ८ जना संक्रमित संक्रमणमुक्त भएका छन् । देशभर १ सय ९ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू