अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४७ | Colorodo: 18:02

क्रोएसियाले सन् २०२३ देखि युरो मुद्रा प्रचलनमा ल्याउने

बिआरटीनेपाल २०७९ जेठ २१ गते ७:४९ मा प्रकाशित

क्रोएसियामा सन् २०२३ देखि युरोपेली मुद्रा युरो प्रचलनमा आउने भएको छ ।युरो प्रचलनमा ल्याउनका लागि क्रोएसियाले आवश्यक सबै मापदण्ड र प्रक्रिया पूरा गरिसकेको युरोपेली आयोगले जनाएको छ ।आयोगले सन् २०२३ को जनवरीदेखि क्रोएसियामा औपचारिक रूपमा युरो प्रचलनमा ल्याउन दिने निर्णय गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । युरोपमा राष्ट्रिय मुद्राको रुपमा युरो प्रयोग गर्ने देशमध्ये क्रोएसिया २०औँ देश बन्नेछ ।

युरो प्रचलनमा ल्याउन माग गर्दै प्रक्रिया सुरु गरेका बुल्गेरिया, चेक गणतन्त्र, हङ्गेरी, पोल्यान्ड, रोमानिया र स्वीडेनले मापदण्ड पूरा गर्न बाँकी रहेको पनि युरोपेली आयोगले जनाएको छ । आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले युरो अवलम्बन गरेपछि क्रोएसियाको अर्थतन्त्र थप बलियो र व्यवस्थित तथा आम नागरिक र व्यवसायीलाई पनि फाइदा पुग्ने बताउनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू