अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४६ | Colorodo: 21:01

अन्तर्राष्ट्रिय पत्रकार महासंघको अध्यक्षमा प्राडाली विजयी

बिआरटीनेपाल २०७९ जेठ २० गते ७:४३ मा प्रकाशित

फ्रान्सका पूर्वटेलिभिजन पत्रकार डोमिनिक प्राडाली अन्तर्राष्ट्रिय पत्रकार महासंघको अध्यक्षमा विजयी हुनुभएको छ ।ओमानको राजधानी मस्कटमा भएको महासंघको ३१ औं महासभामामा १ सय ९३ मत प्राप्त गरेर प्राडाली अध्यक्षमा विजयी हुनुभएको हो । महासंघको इतिहासमा अध्यक्षमा विजयी उहाँ दोस्रो महिला हुनुहुन्छ ।

फ्रान्सका नेशनल युनियन अफ जर्नलिस्टका पूर्व महासचिव समेत रहनुभएकी ७३ वर्षीया प्राडाली एक प्रखर अधिकारकर्मी र ट्रेड युनियनकर्मी समेत हुनुहुन्छ।उहाँले फ्रान्सेली सार्वजनिक प्रसारण र फ्रान्स टेलिभिजनमा मुख्य सम्पादक भएर काम गरिसक्नुभएको छ । उहाँको कार्यकाल सन् २०२६ सम्म रहनेछ । सन् २०२६ मा महासंघले आफ्नो शताब्दी दिवससमेत मनाउने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू