अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०६ | Colorodo: 16:21

युद्धमा ‘कोही विजेता हुँदैन’ – संयुक्त राष्ट्र सङ्घ

बिआरटीनेपाल २०७९ जेठ २० गते ७:४० मा प्रकाशित

संयुक्त राष्ट्र सङ्घले युक्रेनमा रुसको आक्रमणबाट कुनै विजय नहुने बताएको छ । रुस–युक्रेन युद्धको सयौँ दिनमा प्रवेश गरेको सन्दर्भमा संयुक्त राष्ट्र सङ्घको यो टिप्पणी सार्वजनिक भएको हो । जारी युद्धमा मस्कोको सेनाले पूर्वी डोनबास क्षेत्रमा दबाब दिइरहेको छ।‘यस युद्धको कुनै विजेता छैन र हुनेछैन । बरु, हामीले १०० दिनसम्म के–के गुमाएको देख्यौँ । जीवन, घर, रोजगारी र सम्भावनाहरू गुमायौँ’, अमिन अवाद, सहायक महासचिव र युक्रेनका लागि संयुक्त राष्ट्र सङ्घ सङ्कट संयोजकले विज्ञप्तिमार्फत यस्तो टिप्पणी गर्नुभएको छ ।

युद्धका कारण चार करोड ४० लाख जनसङ्ख्या भएको युरोपेली देश युक्रेनमा अहिलेसम्म हजारौँ मानिसको ज्यान गएको छ भने लाखौँ नागरिक विस्थापित भएका छन् । संयुक्त राष्ट्र सङ्घका अनुसार झन्डै डेढ करोड युक्रेनी घर छाड्न बाध्य भएकोमा ६८ लाखले देश नै छाडेर विस्थापित भएका छन् । भौतिक संरचना पनि ध्वस्त भएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशको २० प्रतिशत भू–भाग रुसी फौजको नियन्त्रणमा पुगेको बताउनुभएको छ । उहाँका अनुसार यो भू–भाग बेल्जियम, लक्जम्बर्ग र नेदरल्यान्ड्सको क्षेत्रफलभन्दा धेरै हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू