अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०५ | Colorodo: 00:20

श्रीलङ्काले औषधि किन्न कोभिड–१९ का लागि छुट्याइएको कोष प्रयोग गर्ने

बिआरटीनेपाल २०७९ जेठ २० गते ७:३७ मा प्रकाशित

श्रीलङ्कामा आवश्यक औषधिहरू किन्न कोभिड–१९ सामाजिक सुरक्षा कोषको प्रयोग गर्न राष्ट्रपति गोटबाया राजपाक्षले आज शुक्रवार निर्देशन दिनुभएको छ ।आर्थिक सङ्कटको बेला देशले औषधिको गम्भीर अभावको सामना गर्नुपरेपछि राष्ट्रपति राजापाक्षले यो निर्देशन दिनुभएको हो ।

राजपाक्षले विगत दुई वर्षभित्र महामारीको समयमा दाताहरूबाट सङ्कलन गरिएको कोभिड–१९ स्वास्थ्य सेवा तथा सामाजिक सुरक्षा कोषमा रहेको अनुमानित ६ लाख अमेरिकी डलर प्रचलनमा ल्याइ औषधि खरिदमा देखिएको अभावलाई सम्बोधन गर्न आग्रह गर्नुभएको हो ।

दक्षिण एसियाली देशमा कोभिड–१९ महामारी नियन्त्रणमा रहेकाले यो कोष अन्य स्वास्थ्य सेवा आवश्यकताका लागि प्रयोग गर्न सकिने र खासगरी अस्पतालहरूका लागि आवश्यक औषधिहरू आयात गर्न यसलाई परिचालन गरिने उहाँले बताउनुभयो ।

श्रीलङ्का विदेशी मुद्रा अभावका कारण स्वतन्त्रतापछि अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक सङ्कटको बीचमा रहेको छ । यहाँ आर्थिक सङ्कटका कारण औषधि, इन्धन र खाद्यान्नजस्ता अत्यावश्यक वस्तुको अभाव भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू