अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१३ | Colorodo: 00:28

जापानले सन् २०११ देखि निस्क्रिय आणविक ऊर्जा केन्द्र पुनः सञ्चालन गर्ने

बिआरटीनेपाल २०७९ जेठ १७ गते ७:२९ मा प्रकाशित

जापानले देशभरका निस्क्रिय आणविक ऊर्जा संयन्त्र पुनः सञ्चालन गर्ने भएको छ । जापानी प्रधानमन्त्री फुमियो किशिदाले देशको उर्जा आपूर्ति तथा मूल्यलाई सन्तुलित बनाइराख्न निस्क्रिय उर्जा केन्द्र पुनः सञ्चालन गर्न लागेको जानकारी दिनुभएको छ । एक दशकअघि फुकुशिमा आणविक केन्द्रमा दुर्घटनापछि जापानले सम्पूर्ण आणविक उर्जा केन्द्रहरु बन्द गरेको थियो । त्यसपछि नौ आणविक रियाक्टर पछि सञ्चालन गरियो । सन् २०११ मा आएको भूकम्प र सुनामीले फुकुसिमा आणविक केन्द्रलाई क्षति पुगेको थियो । उक्त दुरघटनाको कारण आणविक ऊर्जाप्रति आम जनतामा अविश्वास र असजहता विकास भयो । भूकम्पअघि जापानभर ५४ आणविक रियाक्टरले देशभरको झण्डै ३० प्रतिशत ३० प्रतिशत उर्जा आवश्यक पुर्याइरहेको थियो ।

निस्क्रिय संयन्त्र सुचारु गरे पनि नयाँ आणविक केन्द्र बनाउने योजना नरहेको प्रधानमन्त्री किशिदाले संसदलाई जानकारी दिनुभयो । युक्रेनमाथि रुसी आक्रमणपछि जापान उसको उर्जा आवश्यकता पुरा गर्नको लागि कति धेरै तेल, ग्यास र काइलाको निर्यातमाथि निर्भर छ भन्ने उजागर भएको छ । कोइलाको प्रयोग पूर्ण रुपमा अन्त्य गर्न पनि आणविक उर्जा केन्द्र पुनरसंचालन गर्नुपर्नेमा किसिदाले जोड दिनुभयो । जापानले सन् २०३० सम्म कोइलाको प्रयोग गर्न छाड्ने प्रतिबद्धता गरेको छ ।

युक्रेन युद्ध सुरु पछि पश्चिमी मुलुकसँग मिलेर जापानले पनि रुस विरुद्ध विभिन्न प्रतिबन्ध लगाएको छ । प्रतिबन्ध लगाउनुअघि जापानले रुसबाट देशको कुल कच्चा तेलमध्ये ४ प्रतिशत र ९ प्रतिशत ग्यास आयात गरिरहेको थियो । यो महिनाको सुरुमा जापानले जी–७ देशहरुले गर्न लागेको रुसी तेलमाथिको नाकाबन्दीमा सहभागी हुने बताएको थियो । त्यस कदमले आफ्ना जनता र व्यवसायमा पर्ने असरबारे अध्ययन गर्ने भईरहेको जापानले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू