अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२९ | Colorodo: 00:44

युक्रेनमा कार्यरत फ्रेन्च पत्रकार रुसी आक्रमणमा मारिए

बिआरटीनेपाल २०७९ जेठ १७ गते ६:३७ मा प्रकाशित

युक्रेनको पुर्वी क्षेत्र सेभोरोडोनेत्स्क शहरमा रुसले गरेको बम आक्रमणमा फ्रान्सका पत्रकार मारिएका छन् । सो शहरमा फसेकाहरुलाई बाहिर निकाल्ने क्रममा बसमा राख्दै गर्दा बम हमला गरिएको हो । जसमा दर्जनौं घाइते भएका छन् ।मारिने पत्रकार ३२ बर्षका फेडरिक लेक्लर्क इमहफ रुस र युक्रेनबीचको युद्ध सुरु भएदेखि समाचार संकलनका क्रममा रहेका थिए ।

घटना लगत्तै फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले दुःख ब्यक्त गर्दै फेडरिक युद्धको वास्तविकता देखाउन तल्लीन रहेको अवस्थामा मारिनु आफनो लागि दुःखद क्षण भएको प्रतिक्रिया दिनुभएको छ ।यो संगै रुस युक्रेन युद्धको समाचार संकलनका क्रममा अहिलेसम्म ३२ पत्रकार मारिएको दावी युक्रेनका राष्ट्रपतिले गरेका छन् ।

यता, युक्रेनका राष्ट्रपति भोलीडिमीर जेलेन्स्कीले युक्रेनबाट खाद्यान्न निर्यात रोकेर रुसले बिश्वमा खाद्यान्न संकट चर्काउन खोजेको आरोप लगाएको छ । रुसले युक्रेनसँगको सबै बन्दरगाह र समुद्री मार्गहरु बन्द गरेको छ । यसले बिश्व बजारमा आपूर्ति हन तयारीमा रहेको २ करोड २० लाख टन खाद्यान्न युक्रेनमै रोकिएको छ ।

रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले पनि खाद्यान्न आपूर्तिका लागि आवश्यक समन्वय गर्न तयार रहेको बताउनुभएको छ । यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले युक्रेनलाई लामो दुरीको रकेट प्रणाली आपूर्ति नगर्ने स्पष्ट पार्नुभएको छ । अमेरिकाले युक्रेनलाई रुससम्म पुग्न सक्ने रकेट दिन लागेको भन्ने भनाईको खण्डन गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनले माग गरेअनुसार यस्तो रकेट प्रणाली पठाउने पक्षमा आफू नरहेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू