अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१९ | Colorodo: 23:34

भारतका स्वास्थ्य मन्त्री पक्राउ

बिआरटीनेपाल २०७९ जेठ १७ गते ६:३६ मा प्रकाशित

भारतको दिल्ली सरकार स्वास्थ्य मन्त्री सत्येन्द्र जैन सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका छन् । अरविन्द केजरीवाल सरकारका स्वास्थ्य मन्त्री जैन सन् २०१५ देखि सन् २०१६ मा कोलकाताको एक फर्मसँगको लेनदेनमा संलग्न भएको आरोपमा पक्राउ परेका हुन् ।भारतको केन्द्रीय अनुसन्धान व्युरो (सीबीआई) ले जैन र उनको परिवार विरुद्ध अगस्ट २०१७ मा १ अर्व ६२ करोड भारतीय रुपैयाँ अकूत सम्पति आर्जन गरेको भन्दै मुद्दा दायर गरेको थियो ।

जैन पक्राउ परकोमा आम आद्मी पार्टीले भने विरोध गरेको छ । जैन हिमाञ्चल प्रदेशका आम आद्मीका इन्चार्ज समेत हुन् । केही साताअघि भएको विधान सभा निर्वाचनमा आम आद्मी पार्टीले पञ्जावमा आश्चर्यजनक सफलता प्राप्त गरेको थियो । आम आद्मीले भ्रष्टाचार र अनियमिततालाई जरैदेखि उन्मुलन गर्ने उद्घोष गर्दै आएको छ ।

केही दिन अघि पञ्जाव सरकारका स्वास्थ्यमन्त्री पनि ठेकेदारसँग घुस मागेको आरोपमा पक्राउ परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू