अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३५ | Colorodo: 20:50

अल्बानियाकाे संसद् ३ पटकमा पनि राष्ट्रपति चयन गर्न असफल

बिआरटीनेपाल २०७९ जेठ १६ गते ८:०७ मा प्रकाशित

अल्बानियाकाे संसद् तीन पटकमा पनि राष्ट्रपति चयन गर्न असफल भएको छ । चुनावका लागि तीन पटक समय तोक्दा पनि राष्ट्रपतिमा कसैको उम्मेदवारी नपरेपछि नयाँ राष्ट्रपति चयन गर्न संसद् नै असफल भएको हो ।पछिल्लो समय प्रधानमन्त्री चयनका लागि आज सोमवार बैठक बोलाइएको र आइतवार बेलुका ४ बजेसम्ममा उम्मेदवारी दर्ता भइसक्नु पर्नेमा उम्मेदवारी दर्ता नभएको संसद् सचिवालयले जनाएको छ ।

त्यसअघि गएकाे मे १६ र २३ तारिखमा राष्ट्रपति चयनका लागि चुनाव  हुने तय गरिएको थियो ।प्रक्रिया सुरु भएदेखि नै सत्तारूढ दल सोसलिस्ट पार्टी (एसपी) ले सुरुको तीन चरणसम्म विपक्षी दलको तर्फबाट उम्मेदवारी दर्ताका लागि मौका दिन चाहेको जनाएको छ । तीन पटकसम्म पनि विपक्षी दलहरूले उम्मेदवारी दर्ता नगरेर उनीहरू गैरजिम्मेजार भएको सत्तारूढ दल एसपीका प्रमुख तौलान्त बालाले आरोप लगाउनुभएको छ ।

अल्वानियाको राष्ट्रपति चयन हुनका लागि पहिलो तीन चरणमा हुने चुनावमा कुल सांसदहरूमध्ये ८४ मत आवश्यक पर्नेमा अहिले सत्तारूढ दलसँग ७४ सांसदको मात्रै समर्थन रहेको छ । अल्बानियाको संसद्‍मा अहिले एक सय ४० सांसद रहेका छन् । तीन पटकसम्म कुनै उम्मेदवारले ८४ सांसदको समर्थन जुटाउन नसकेपछि चौथो वा पाँचौँ चरणको चुनावमा ७१ सांसदको मात्रै समर्थन भए पनि पुग्ने व्यवस्था रहेको छ ।

उम्मेदवारी दर्ताका लागि भने २० सांसदको हस्ताक्षर बुझाउनुपर्ने प्रावधान रहेको छ । अहिलेका राष्ट्रपति इलिर मेटाको कार्यकाल यही जुलाईमा सकिने भएकाले नयाँ राष्ट्रपति चयन गर्नुपर्ने भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू